जिल्ला न्यायाधीश अधिकारी तानिए


काठमाडौं – बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्यायपरिषदले सर्वोच्च अदालतमा तानेको छ । अधिकारीविरुद्ध गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् ।

‘उहाँमाथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोपमाथि छानविनको सिलसिलामा झिकाइएको हो ।’

अधिकारीमाथि सर्वोच्च अदालतले नै न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भनी टिप्पणी गरेको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनीमाथि प्रश्न उठाएको थियो ।

त्यसपछि अधिकारी कालिकोट र पछि बाँकेमा सरुवा भएका थिए । उनीमाथि अन्य अदालतमा रहँदा समेत कतैबाट प्रभावित भएर न्यायसम्पादन गरेको भनी उजुरी परेको थियो ।

प्रतिक्रिया