


चार वर्षे सम्झौतामा लेवान्डोस्की बार्सिलोनामा अनुबन्धित

काठमाडौँ- पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की चार वर्षे सम्झौतामा बार्सिलोनामा अनुबन्धित भएका छन्। मंगलबार ३३ वर्षीय लेवान्डोस्कीलाई बार्सिलोनाले बार्यन म्युनिखबाट ५ करोड युरोमा टोलीमा भित्र्याएको हो।
गत मे महिनामा लेवान्डोस्कीले बार्यन म्युनिख छाड्ने बताएका थिए। लेवान्डोस्की चार खेलको लागि अमेरिकामा रहेको बार्सिलोनाको टोलीमा जोडिएका छन्। उनले आफू बार्सिलोनामा अनुबन्धित हुन पाउनु खुसीको कुरा भएको बताएका छन्।
उनले बार्सिलोनासँग सम्झौता भएसँगै अब आफ्नो जीवनको नयाँ अध्याय र चुनौती सुरु भएको उनले बताए।

