
प्रहरीसँगको मिलोमतोमै सिन्धुपाल्चोकमा नदि दोहन !
सिन्धुपाल्चोक – असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खननका लागि कानुनी बन्देज रहे पनि सिन्धुपाल्चोकका केही स्थानमा भने अहिले पनि अवैध उत्खनन् भइरहेको छ । जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिकास्थित १२ वडा अन्र्तगत बनदेउदेखी भ्mयाडी खोलासम्म अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन भएको पाईएको हो ।
प्रहरी प्रशासन, स्थानिय निकाय र केही ठेकदारको मिलोमतोमा यस क्षेत्रमा प्रत्येक रात दुईसय टिपरभन्दा बढी बालुवा, गिट्टी र ढुंगा उत्खनन गरी तस्करी हुँदै आएको स्थानियले जनाएका छन् ।
ठेक्का सम्झौता गर्दा बर्षा याममा नदिमा मेशिनको प्रयोग गरी उत्खनन गर्न नपाइने प्रावधान रहँदा–रहँदै पनि प्रहरी प्रशासन, स्थानिय निकायका जनप्रतिनिधिका साथै केही स्वार्थसहितका व्यक्तिहरुसँगको मिलोमतोमा ठेकेदार ईन्द्रराज गिरीको समुहले रातको समयमा उक्त क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन् ।
गिरीले केही माझीको प्रयोग गरेर पाँच वटा मेशिनको सहायताले नदीको दोहन गर्दै आएका छन् । ठेकेदार गिरीको कालीसाँगा जेभि निर्माण कम्पनीले उक्त क्षेत्रमा निकासि कर उठाउने ठेक्का पाएको छ ।
उक्त ठेक्काको आडमा रमेश माझी, अमृत माझी, देवेन्द्र माझीलगायत स्थानीय माझीहरुलाई प्रयोग गरेर अवैध रुपमा एक महिनादेखि नदिको दोहन गर्दै आएका छन् । जसमा नेपाल प्रहरीका एसपी र जिल्ला प्रशासन कार्यालय प्रमुखले मोटो रकम असुलेको स्थानिय एक समाजसेवीले बताएका छन् ।
बनदेउ चौकिका बरिष्ठ सई यसके आर्चायले प्रतिगाडी बराबर एक हजार रुपैंयाँ आँफै बाटोमा बसेर उठाउने गरेका छन् । जुन रकम प्रहरी प्रमुख र प्रशासन कार्यालयमा पुग्ने गर्दछ । यस अबैध उत्खननमा जिल्ला समन्वय समितिको प्रमुखको समेत हात रहेको स्रोतले दाबी गरेको छ । नदीजन्य पदार्थको उत्खनन्का लागि समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समिति रहने भएकाले मिलेमतोकै कारण अनुगमनलगायतका कार्यमा तदारुकता नदेखाई अवैध उत्खनन्लाई प्रश्रय दिएका छन् ।
नेपाल सरकारको कानुनअनुसार वर्षा याम अर्थात् प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन ।
साथै ढुंगा, गिटी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ को ७ (ग) मा कुनै नदीमा वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) अनुसार उल्लेख गरिएको परिणाममा मात्रै उत्खनन् गर्न पाइने पनि उल्लेख गरिएको छ ।



कागजपत्र |
