
सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच छलफल
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ । अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो ।
माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । जसपाबाट कारबाहीमा परेका भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।
अध्यक्ष भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए ।



कागजपत्र |
