आईपीएल २०२०: क्रिस मोरिसको उत्कृष्ट प्रदर्शनसँगै आरसिबीलाई १७८ रनको लक्ष्य


काठमाडौं –  युएईमा जारी आईपीएल प्रतियोगिताको जारी खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १७८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको छ ।

राजस्थानका लागि ओपनर रोविन उथप्पाले २२ बलमा ४१ रन बनाउँदा कप्तान स्टेभन स्मिथले ३६ बलमा ५७ रन बनाए । त्यस्तै जेसी बट्लरले २४ रन बनाए भने ब्रेन स्टोक्सले १५ रन बनाए । आरसिबीका लागि क्रिस मोरिसले ४ विकेट र युजभेन्द्र चहलले २ विकेट लिएका छन् ।

अहिलेसम्म ८ खेल खेलेका यी दुई टिममा आरसिबीले ५ जित र ३ हारसहित १० अंक बनाउँदै अंकतालिकमा तेस्रो स्थानमा रहेको छ भने राजस्थान रोयल्स ३ जित र ५ हारसहित ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया