
नेपालको गुप्तचर विभागमा कार्यरत थापाको ‘हत्या’ कसले गरेको हुन सक्छ?
काठमाडौं– बाँकेको लग्दहवा नजिकै तोरीबारीमा शव भेटिएका नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रवीण थापामगरको ‘हत्या’ भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सहायक सूचक थापामगरको शवमा देखिएका निलडामले हत्या भएको स्पष्ट पारेको छ। ‘टाउको र मुखमा चोटपटक छन्, यो हत्या नै हो’, घटनास्थलमा पुगेका अधिकारीहरूको प्रारम्भिक प्रतिक्रिया छ,‘तर यसको पूर्ण जानकारी भने पोष्टमार्टमको रिपोर्टपछि मात्र आउन सक्छ।’
घटनाको बारेमा अहिले बाँके प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।
उनले भने, ‘घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका छ।’
कसले गरेको हुन सक्छ हत्या? भन्नेबारेमा प्रहरीले मिहिन अनुसन्धान थालेको छ। गुप्तचरी निकायमा काम गरिरहेका कारण विध्वंश मच्चाउने समूह, तस्कर समूह तथा देशद्रोहमा लागेको समूह हत्याका लागि जिम्मेवार हुन सक्ने अनुमान गरिएको छ। सोही आधारमा अनुसन्धानको घेरा बलियोगरी अगाडि बढाइएको बताइन्छ।



कागजपत्र |
