नागरिक लगानी कोषले बढायो ब्याजदर, साउन १ गतेदेखि लागू हुने


काठमाडाैं – नागरिक लगानी कोषले ब्याजदर परिवर्तन गरेको छ । कोषले आगामी साउन १ गतेदेखि ब्याजदरमा परिवर्तन गर्न लागेको हो ।

कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ । ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

कोषले आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जा १०, सवारी १० दशमलव ५, सरल कर्जामा १० दशमलव ५, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।

कोषले बीमा तर्फका सबै कार्यक्रमहरूमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि बीमा शुल्क संकलनको कार्य गर्दै आएको छ ।

प्रतिक्रिया