

विजुलीको पावर हाउज भासिँदा एकै घरका तीन जनाको मृत्यु

जुम्ला- जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भत्किँदा एकै घरका ३ जनाको मृत्यु भएको छ।
गएराति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढी भई पावर हाउस भासिएको हो। घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुईछोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी इन्सपेक्टर भुवन भट्टका अनुसार पावर हाउसमा ल्याइएको ल्याइएको कुलोबाट पानी घरमा पस्दा उक्त घटना भएको हो ।

