
नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी घोषणा
काठमाडौं — नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन्।
युनियनको साउन ६ र ७ मा हेटौंडामा नबौँ महाधिवेशनमा सम्पन्न हुँदैछ।कार्यक्रममा बोल्दै ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दावि गरे।
‘युनियनको नेतृत्वमा जति पनि उम्मेदवार देखिएका छन् ती सबैको एजेन्डालाई एकमुष्ट समाधान गर्न सक्ने उम्मेदवार म नैँ हुँ,’ उनले भने।
यसअघि युनियन अध्यक्षका लागि शिव लम्साल, दिपक आचार्य, सरोज अधिकारी र अनिता विन्दुले पनि दाबेदारी गरिसकेका छन् ।





कागजपत्र |
