ओलीलाई भेट्न बालकोट पुगे बालेन, ओलीले दिए तबला उपहार


काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ।
पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन्द्र बुधबार अपरान्ह बालकोट पुगेका थिए।

त्यस क्रममा बालेन्द्रलाई ओलीले एउटा तबला उपहार दिएका छन। एमाले सुदूरपश्चिमका नेता कर्ण बहादुर थापाका अनुसार बालकोटमा अकस्मात भेट भएको हो।

ओली भानु दिवसका दिनमा आयोजित कार्यक्रम सकेर बालकोट पुगेपछि मेयर बालेन्द्रसँग भेट भएको हो। ओलीले भानुभक्तले लगाउने बिर्खे टोपी लगाएका थिए। यसअघि काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा ओलीलाई भेट्न बालेन्द्र सुटुक्क बालकोट पुगेका थिए।

बुधबार बिहान मात्रै एमालेबाट काठमाडौं महानगर प्रमुखमा उम्मेदवार बनेका केशव स्थापितलाई भेट्न बालेन्द्र उनकै निवास पुगेका थिए।

प्रतिक्रिया