

आज आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मदिन

काठमाडौँ- आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मिदन मनाइदैछ। आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते अर्थात आजकै मितिमा भएको हो।
नेपाली भाषालाई उल्लेख योगदान पुर्याएका आचार्यले रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना लेखेका छन्।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् विसं१८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। उनको निधन १९२५ मा भएको थियो।

