आँप टिप्न जाँदा रुखबाट खसेर मृत्यु


काभ्रे – काभ्रेमा आँपको रूखबाट खसेर एकजनाको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको भुम्लु गाउँपालिका–५ का ४२ वर्षीय नवीन लामाको रूखबाट खसेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले आँप टिप्ने क्रममा घर नजिकै रहेको आँपको रूखबाट खसेर मृत्यु भएको जानकारी दिए।

डिसपी खतिवडाले घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटाइएको बताए ।

प्रतिक्रिया