

गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्रीको अवस्था अझै अज्ञात

टोकियो – गोली लागेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए ।
आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो पटक गोली पछाडि लागेपछि उनी भुईँमा लडेका थिए । रिपोर्टहरूका अनुसार घटनास्थलबाट करिब ४० वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
टोकियोका पूर्व गभर्नर योइची मासुजोले एक ट्विटमा ६८ वर्षीय आबे कार्डियोपल्मोनरी अरेस्ट अर्थात् श्वास बन्द भएको अवस्थामा रहेको बताएका छन् ।
जापानमा मृत्युको आधिकारिक पुष्टि हुनुअघि यो शब्द प्रायः प्रयोग गर्ने गरेको बिबिसीले जनाएको छ । “पूर्व प्रधानमन्त्री आबेलाई स्थानीय समयअनुसार राति ११ स् ३० बजे नारामा गोली प्रहार गरिएको थियो ।
ली प्रहार गर्ने एक जनालाई हिरासतमा लिइएको छ । पूर्व प्रधानमन्त्री आबेको अवस्था अहिले अज्ञात छ,” मन्त्रालयका मुख्य सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई भने ।

