अप्टिकल फाइबरको भाडा दोब्बर, इन्टरनेटको मुल्य पनि बढ्ने


काठमाडौं – नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएको छ । फाइबरमा लिदै आएको शूल्क वृद्धि भएसंगै अब इन्टरनेटको मुल्य पनि बढ्ने भएको छ ।

प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडित फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रति फाइबर कोरको भाडादर बाहेक ३२ हजार लाग्ने निर्णय गरेको छ । यसअघि इन्टरनेट सेवा प्रदायकले यसका लागि १६ हजार ४ सय रुपैयाँ तिर्दै आएका थिए ।

त्यस्तै यसअघि १४ हजार ७ सय तिर्दै आएको ३३ केभी र सो भन्दा कमको भोल्टेजस्तरको प्रशारण लाइनमा जडित फाइबर कोरको हकमा प्रति किलो मिटर प्रति वर्ष प्रतिफाइबर कोरको भाडादर बाहेक बढाएर प्राधिकरणले ३३ हजार लाग्ने निर्णय गरेको छ ।

मंगलबार नै प्राधिकरणले पत्र लेख्दै इन्टरनेट सेवाप्रदायकहरूलाई शुल्क वृद्धिको जानकारी गराएको हो । प्राधिकरणको यो निर्णयसँग इन्टरनेटको मुल्य बढ्ने भएको हो । प्राधिकरणको यो निर्णयको असर इन्टरनेट सेवाग्राहीमा पर्ने भएको इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘अहिले ईन्टरनेटको कुल शुल्कमा ४र५ प्रतिशत फाइबरको मूल्य जोडिएको हुन्छ’ उनले भने ‘ अब भाडा नै बढाएपछी ईन्टरनेटको मूल्य स्वभाविक रुपमा नै बढ्छ’ ।

प्रतिक्रिया