सुख्खा बन्दरगाहमा निजी क्षेत्रको आकर्षण बढाउन अध्ययन समिति बनाइने


काठमाडाैं – चोभार सुख्खा बन्दरगाहमा निजी क्षेत्रको आकर्षण बढाउन सरकारले अध्ययन समिति बनाउने भएको छ ।

बिहीवार नेपाल इन्टरमोडल यातायात विकास समितिले उद्योग मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले अध्ययन समिति बनाउन निर्देशन दिएका हुन् ।

सुख्खा बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सरोकारवालाहरूसहितको अध्ययन समिति बनाउन सहमति भएको बताइएको छ ।

काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह शिलान्यास भएको ३ वर्षपछि गत चैत २२ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा आएपछि यस बन्दरगाहमा निजी क्षेत्रको आकर्षण नभएपछि मन्त्रालयले समिति नै बनाएर काम गर्न लागेको हो ।

प्रतिक्रिया