अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । अर्थमन्त्री शर्माले संसदमार्फत आफूले राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री शर्माले बजेट निर्माणका क्रममा अनियमितता भएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेको विरोध पछि आफ्नो भनाई राख्ने क्रममा गठित छानबिन समितिलाई पूर्ण सहयोग रहने बताउँदै राजीनामा दिने घोषणा गरेका हुन् ।

त्यसअघि प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्सीय संसदीय विशेष समिति छानबिन समितिको घोषणा गरेका थिए ।

उक्त समितिमा खगराज अधिकारी, पुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्ति बहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् । १० दिनको समयावधि तोकि उक्त समिति गठन गरिएको हो ।

 

प्रतिक्रिया