नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौंमा भरत बोहोरा


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा भरतबहादुर बोहोराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई ल्याइएको छ ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा विकासराज खनालको सरुवा भएको छ ।  मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसीको सरुवा भएको छ । त्यस्तै विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको छ ।

प्रतिक्रिया