

काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा मृत्यु

हुम्ला – काम विशेषले खार्पुनाथ गाउँपालिका-३ बाट सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ। ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् ।
प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।
आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज अन्तिम संस्कार गरिएको छ।

