तस्बिरमा नुवाकोटको गोरु जुधाइएका केही राेमाञ्चक दृश्य


नुवाकोट । माघे संक्रान्ति एवं मकर संक्रान्ति पर्वका अवसरमा बिहीबार स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा गोरु जुधाइएको छ ।

Image may contain: outdoor and nature

हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।

बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएको बताइन्छ । त्यही बेलादेखि हरेक माघ १ गते गोरु जुधाउने परम्परा रही आएको मानिन्छ ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण समितिले जनाएको छ ।

Image may contain: 1 person, outdoor


वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

Image may contain: 1 person, on stage and outdoor
Image may contain: one or more people and outdoor

तस्बिरहरूः युवराज खत्री/नुवाकोट

प्रतिक्रिया