देशभर थप ४०३ संक्रमित, ४०५ कोरोनामुक्त


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ६० हजार १७७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ सय जना रहेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया