त्रिशुली नदीले बगाउँदा आमा छोरा बेपत्ता


नुवाकाेट – नुवाकाेटमा नदीले बगाएर आमा छाेरा बेपत्ता भएका छन् । आज ७ वर्षीय युनिक श्रेष्ठलाई बचाउन गएकी आमा सन्जितालाई पनि खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।

आमा छाेरा बिदुर नगरपालिका वडा नं.-३ ढोडेनीका हुन् । युनिकलाई नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएकाे थियाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपत ब्यवस्थापन वेस क्याम्प नुवाकोटको टोली उक्त स्थानमा खटी गई स्थानीयहरु समेतको सहयोगमा खोजतलास भइरहेकाे डिएसपी रुपक खड्काले जानकारी दिए ।

प्रतिक्रिया