काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण, सक्रमितको संख्या १६ पुग्यो


काठमाडौं – काठमाडौंमा थप दुई जनामा हैजा सक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप दुई जनामा हैजाको आरडीटी परीक्षण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

गौतमका अनुसार उनीहरू दुवै जना काठमाडौँको कालीमाटी क्षेत्रका बासिन्दा हुन् । यो सँगै काठमाडौँमा हैजा सङ्क्रमितको संख्या १६ पुगेको छ ।

यसअघि १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया