नेकपा दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल को स्थायी कमिटी बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवि भण्डारीले गत पुस ५ गते गरेकी थिइन् ।

पुष्पकमल दाहाल र माधव कुमार नेपाल समुहकोे नेकपाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रुपमा भएको भन्दै
संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको छ ।

सोही आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने र थप कार्यक्रम तय गर्ने विषयमा आजको बैठकमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया