

विमानस्थलबाट कस्तुरीको बिनाजस्तो धुलो पदार्थसहित एक कोरियन पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले दुवै जुत्ताभित्र सेतो रंगको प्लास्टिक र टेपले बेरेर कस्तुरीको विना जस्तो देखिने २ पोका धुलो फेला परेको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

