महानगरले गर्यो वेभसाइटमा जनप्रतिनिधिको नाम ‘अपडेट’


काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो वेभसाइटमा जनप्रतिनिधिको नाम र नम्बर अपडेट गरेको छ ।

स्थानीय तह निर्वाचन भएको एक महिना बढी भइसक्दा सम्म पनि महानगरको वेभसाइटमा वडाका जनप्रतिनिधिहरुको नाम र नम्बर अपडेट नभएपछि अनलाइनन्यूज७ ले ‘चुस्त’ बालेनको ‘सुस्त’ सचिवालय ! शीर्षकमा समाचार प्रकाशित गरि ध्यानाकर्षण गराएको थियो ।

समाचार प्रकाशित भएपछि महानगरपालिकाले आफ्नो आधिकारिक वेभसाइटमा महानगर मेयर उपमेयरसहित ३२ वटै वडाका वडाध्यक्षहरुको नाम र नम्बर अपडेट गरेको हो ।

वेभसाइटमा अपडेट भइसकेपछि सेवाग्राहीले आफ्ना जनप्रतिनिधिहरुसँग सम्पर्क गर्न सजिलो हुने र कार्यालयमा गइसकेपछि वडाध्यक्ष भेट नहुने समस्याबाट मुक्त भईने जनाएका छन् ।

महानगरमा बालेन शाह मेयरमा विजयी भएपछि विभिन्न क्षेत्रका काममा चुस्तता देखिएको छ ।

राजधानीमा व्यवस्थापन गर्न नसकिएको फोहोरका कारणा देखा परेको हैजाको नियन्त्रणका लागि मेयर बालेनकै निर्देशनमा २४ सै घन्टा हटलाइन सेवाको व्यवस्था गरिएको छ भने राजधानीमा सार्वजनिक शौचालयको अभावलाई पूर्ती गर्नका लागि विभिन्न निजी रेष्टुरेन्ट, होटल वा संस्थासँग समन्वय गरिएको छ ।

प्रतिक्रिया