काठमाडौं महानगरमा २५ अर्ब ४१ करोडको बजेट (पूर्ण पाठसहित)

पूर्वाधार विकास प्राथमिकतामा


काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोडको बजेट ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुक्रबार नगरसभाको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्षको आय-व्यय अनुमान पेस गरेकी हुन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ बराबर छुट्याएको छ । जुन कुल विनियोजित बजेटको २०.९६ प्रतिशत बराबर हुन जान्छ । त्यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबर रहेको छ । यो रकम कुल बजेटको ४९.५७ प्रतिशत बराबर हो ।

सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ अर्थात ७.२५ प्रतिशत बराबर बजेट छुट्याइएको छ । त्यस्तै, सुशासन क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ बराबर बजेट छुट्याइएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत बराबर हुन आउँछ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि महानगरले ५० करोड २१ लाख २४ हजार रुपैयाँ बराबरको बजेट छुट्याएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत बराबर हो ।

आगामी आर्थिक वर्ष महानगरले २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ बराबर आम्दानी हुने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी स्थानीय सञ्चित कोषबाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चितता भएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया