उपराष्ट्रपति पुन स्वास्थ्य उपचारका लागि नर्भिकमा


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल गएका छन् । दाहिने पाता दुख्ने समस्या भएपछि अस्पताल पुगेका पुनको नियमित स्वास्थ्य परीक्षण गरिएको नर्भिकले जनाएको छ ।

करिब दुईघण्टा अस्पतालमा बसेका उपराष्ट्रपति पुनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, रगतसम्बन्धी विभिन्न परीक्षण, मुटुको इको तथा टीएमटीलगायतका परीक्षण गरिएको छ । सोक्रममा पुनको स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया