सोलुखुम्बुमा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ


सोलुखुम्बु – सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ ।

सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका पेट्रोल पम्प सञ्चालक सन्तोष घतानीले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नयाँ मुल्यसूची अनुसार सदरमुकाम सल्लेरीमा पेट्रोल प्रतिलिटर २ सय १३ रुपैयाँ तीन पैसा र डिजेल २ सय ३ रुपैयाँ तीन पैसा पुगेको दुधकोशी आयल स्टोर सल्लेरीले जनाएको छ ।

सल्लेरीमा यसअघि पेट्रोल प्रतिलिटर १ सय ९२ रुपैयाँ तीन पैसा र डिजेल १ सय ७६ रुपैयाँ तीन पैसा रहेको थियो ।

सरकारले असार ५ गते रातिदेखि लागू हुने गरी डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको थियो । ढुवानीमा बढी लागत लाग्ने भएकाले विभिन्न पालिकामा मूल्य फरक फरक भएको विक्रेताहरु बताउँछन् ।

प्रतिक्रिया