चीनले भन्यो– एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय छ


काठमाडौं- चीनले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेर नेपालले प्रशंसनीय काम गरेको टिप्पणी गरेको छ।  नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको चीनले प्रशंसा गर्ने बताए।

‘नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी भएको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्छ। चीन नेपालको सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखण्डताको सम्मान गर्छ। र, नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा चीन निरन्तर सहयोग गरिरहन्छ,’ प्रवक्ता वाङले भनेका छन् ।

केही दिनअघि नेपाल सरकारले एसपीपी नेपालको हितमा नरहेको निष्कर्ष निकालेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया