
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : ‘घरदैलो’ अभियानमा उम्मेदवार
संघको अध्यक्षका लागि भने मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा वरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसँगै संघको अध्यक्षमा उनी निर्वाचित हुने निश्चित छ ।
अध्यक्ष निर्विरोध भइसकेकाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार मध्ये केहीको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल र ओमप्रकाश गुप्ताको नाम चर्चामा छ । तर, कोषाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले तीन वटा प्यानल हुने सम्भावना भने कम छ ।
तीन वर्षे कार्यकालका लागि ११ असार हुने निर्वाचनमा एक हजार तीन सयभन्दा बढी मतदाता सहभागी हुँदैछन् । २५ जेठमा सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाअघि बढेको हो ।



कागजपत्र |
