साढे ३७ अङ्कले बढ्यो नेप्से, १ अर्ब २३ करोड रुपैयाँको कारोबार


काठमाडाैं – केही दिनदेखि लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय २२ दशमलव ३० विन्दुमा पुगेको हाे ।

सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । यस्तै दुई सय ३१ वटा कम्पनीकाे ३७ लाख १२ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया