
समुद्रमा डुबेको ५० वर्ष पुरानो तैरने रेस्टुरेन्टमा ३० लाख आगन्तुकले खाएका थिए खाना
उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । होटल डुब्दा चालक दलका सदस्यहरू भने घाइते नभएको जनाइन्छ । सन् २०२० को मार्चमा कोभिड महामारीको समयमा रेस्टुरेन्ट बन्द थियो ।
बेलायतकी महारानी, हलिउड अभिनेता टम क्रुज र व्रिटिश उद्यमी रिचर्ड ब्रान्सनलगायतका ३० लाख भन्दा बढी आगन्तुकले उक्त रेस्टुरेन्टको खाना खाएको विश्वास गरिन्छ । रेस्टुरेन्ट धेरै चलचित्रहरूमा पनि चित्रित भएको थियो । तर, कोभिड महामारीका कारण पछिल्लो समय व्यवसाय प्रभावित भएको थियो ।



कागजपत्र |
