आजको मौसम : देशका अधिकांश भूभागमा वर्षाको सम्भावना


काठमाडौँ- आज देशभर वर्षा हुने सम्भावना छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव छ।

प्रतिक्रिया