काठमाडौंमा फैलिँदै हैजा, संक्रमितको संख्या पाँच पुग्यो


काठमाडौं – काठमाडौंमा हैजा संक्रमितको संख्या पाँच पुगेको छ ।

आइतबार थप तीन जनामा हैजा देखिएसँगै संक्रमितको संख्या पाँच पुगेको हो । ‘थप तीन जनामा एन्टिजेन पोजिटिभ देखिएको छ,’ टेकु अस्पतालले जनाएकाे छ ।

यसअघि बिहीबार दुई जनामा हैजा पुष्टि भएको थियो । पाँचै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रहसमेत गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया