
आईजी नियुक्तविरुद्धको रिटमा सुनुवाई जारी
इजलासका अन्य मुद्दाहरु ‘हेर्न नभ्याइने’ र ‘स्थगित’मा गएकोले आज पनि फैसला नहुने संकेत
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) विरुद्धको रिटबाट अन्य सबै मुद्दा आज हेर्न नभ्याइने र स्थगितमा गएको छ ।
सर्वोच्च अदालतमा आईजी धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको रिटमा आज पूर्ण इजलासमा सुनवाई भइरहेको छ । अन्य मुद्दाहरू हेर्न नभ्याइने र स्थगितमा गइसकेकाले सो रिटको सुनुवाई आज पनि नसकिने लक्षण देखिएको छ ।
३० गते सुनुवाई नसकिएपछि न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको पूर्ण इजलासमा आजका लागि सुनुवाई तोकिएको थियो ।
आज पनि न्यायाधीशद्वय कार्की र चुडालको पूर्ण सुनुवाईका लागि पहिलो नम्बरमै परेको उक्त रिटमा अहिले सुनुवाई भइरहेको छ । उक्त मुद्दा सुनुवाईमै रहेकाले आजका लागि सो इजलासमा परेका अन्य २४ मुद्दाहरु हेर्न नभ्याइनेमा गएका छन् केही मुद्दाहरु स्थगित गरिएको छ । सुनुवाई जारी रहेको उक्त प्रकरणमा आज दिनभरि नै सुनुवाई हुने र आज पनि हेर्दाहेर्दैमा जाने सम्भावना देखिएको छ ।



कागजपत्र |
