पत्रकारले कर्मचारी थर्काएको भन्दै सूचना विभागमा खटाइयो प्रहरी!


काठमाडौं– अनलाइन पत्रिकाको आवधिक गर्ने समयमा पत्रकारले सूचना विभागका कर्मचारीलाई थर्काएपछि सुरक्षाका लागि प्रहरी खटाइएको छ।

सञ्चारग्राम सिनामंगलमा रहेको कार्यालयमा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको नाम लिएर सत्तासीन नेकपा केपी शर्मा ओली समूहका प्रेस संगठनका नेताले विभागका बस्नेत थरका सह सचिवलाई थर्काएको बताइन्छ।

सोमबार अनलाइन अध्यावधिक गर्ने क्रममा नै हुलदुंगा भएको थियो। स्रोतका कर्मचारीले असुरक्षित महसुस गरेपछि नेपाल प्रहरीका नायव निरिक्षक नेतृत्वको टोली खटाइएको हो।

प्रेस संगठनका सह–संयोजक गणेश बस्नेतले कर्मचारीले कागज पुराउँदा समेत दुख दिने गरेपछि सञ्चार मन्त्रालयका सचिवसँग कुरा गरेको बताए। उनले कुनै पनि कर्मचारीलाई नधम्क्याइएको तर कर्मचारीलेचाहिँ नविकरणका लागि गएका पत्रकारलाई दुख दिने काम देखेपछि सचिवलाई जानकारी गराएको बताए। उनले भने,‘नविकरण गर्न गएका पत्रकारलाई यो र त्यो बाहनामा दुख दिन भएन भन्ने कुरा हो, सबै कागजात भनेजति पुराउँदा पनि नियत दुखदिने पाइयो।’

प्रतिक्रिया