प्रधानमन्त्रीलाई राप्रपाले बुझायो २२ बुँदे ज्ञापन पत्र


काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर २२ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजनीतिक, समसामयिक र जनजीविकाका विषयमा सम्वन्धित २२ बुँदे माग राखेर ज्ञापन पत्र पेश गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

प्रतिनिधि मण्डलमा पार्टीका पूर्वअधयक्ष डा. प्रकाशचन्द्र लोहनी, बरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरु, महामन्त्रीहरु लगायतका नेता बालुवाटार पुगेर ज्ञापन पत्र बुझाइएको प्रवक्ता श्रेष्ठले जनाए ।

प्रतिक्रिया