
चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुल्यो
काठमाडौँ- यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।
विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोर पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन्।
लिङ्क क्लिक गर्नुहाेस् र फारम भर्नुहाेस्
Online Driving License Application Form Open All Over Nepal




कागजपत्र |
