सिंहदरबारमा गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी


काठमाडौं –  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरवाररमा जारी छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहानदेखि गृह मन्त्रालयको सभा हलमा बसिरहेको छ ।

गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया