सरकारविरुद्ध सेयर लगानीकर्ता आन्दोलित


काठमाडौं – सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ ।

लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया