नेप्से आज १४ घट्याे, कारोबार रकम ८९ करोड ४१ लाख रुपैयाँ मात्रै


काठमाडाैं – शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया