सरकारी वकिल कार्यालयमा बेहोस थुनुवाको मृत्यु


काठमाडाैँ- जिल्ला सरकारी वकिल कार्यालय मोरङमा बेहोस भएका एक थुनुवाको मृत्यु भएको छ। मोरङको केराबारी गाउँपालिका–२ बस्ने ४८ वर्षीय भक्त बहादुर ठकुरीको मृत्यु भएको हो।

ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीमा पक्राउ परेका ठकुरीलाई मोरङ जिल्ला अदालतमा पेश गर्नको लागि बिहीबार जिल्ला सरकारी वकिल कार्यालय मोरङ लगिएको थियो।

सरकारी वकिल कार्यालयको सोधपुछ कक्षमा बेहोस भइ लडेका उनलाई तत्काल कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया