
चाउचाउ मात्रै खुवाउने पत्नीसँग पारपाचुके !
नयाँ दिल्ली- भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीलाई पारपाचुके दिएको बताएका छन्। ती न्यायाधीसले यस अनौठो मुद्दालाई एक ‘लोकप्रिय’ तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन्।
भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ। दि न्यु इन्डियन एक्सप्रेसका अनुसार भारतको दक्षिण पश्चिमी मैसुरु सहरस्थित गत २७ मेमा उक्त मुद्दाको बारेमा जिल्ला अदालतका मुख्य न्यायाधीस एमएल रघुनाथले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। तर, उनले मुद्दा चलेको समयावधि र यसमा संलग्न दम्पतीको नाम भने उल्लेख गरेको छैनन्।
न्युज आउटलेटका अनुसार पीडित पतिले आफूलाई वैवाहिक जीवनभर नै पत्नीले ब्रेकफास्ट, लन्च र डिनरमा सधैँ म्याग्गी तयारी चाउचाउ पकाएर ख्वाउने गरेको पत्रकारहरूलाई जानकारी गराएका थिए। न्यायाधीशका अनुसार यो दम्पती आपसी सहमतिबाटै छुट्टिएका हुन्।
भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्न पनि विवाह तोड्नु अघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ।
सन् २०१८ मा इन्टरनेसनल जर्नल अफ म्यानेजमेन्ट, टेकनोलोजी एन्ड सोसियल साइन्सेजले गरेको एक अध्ययनले भारतमा पारपाचुकेको दर ११ प्रतिशत रहेको देखाएको थियो। त्यतिबेला संयुक्त राज्य अमेरिकामा यो दर ५० रहेको थियो।
इन्साइडरबाट ।



कागजपत्र |
