करेन्ट लागेर एक किशोरको मृत्यु


झापा – झापाको गौरीगञ्ज गाउँपालिका-५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया