जमुनाहा नाका हुँदै नेपाल फर्केका तीन जना कोरोना संक्रमित फेला


नेपालगञ्ज – भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहाहुँदै नेपालगञ्ज आएका उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए ।

‘केही दिनयता जमुनाहा नाकाहुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ,’ शाहले भने । उनका अनुसार आज दैलेख, प्युठान र जाजरकोटका एक/एक गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताए ।

प्रतिक्रिया