बलात्कार, महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा महिला मार्च


काठमाडौं – महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ ।

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन्।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया