
सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई
स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धाराे र आसपासकाे क्षाेत्र सरसफाई गरेका हुन् । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयाेग गरेका थिए ।
उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।
आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका-२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियाे ।



कागजपत्र |
