विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा पाेखरी सफाइ


भक्तपुर – विश्व वातावरण दिवसको अवसरमा भक्तपुरस्थित ख्वप कलेजको वातावरण विज्ञान अध्ययनरत विद्यार्थीले र्‍याली निकालेका छन् ।पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताका लागि पृथ्वी बचाऔ, प्रदूषण घटाऔ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदै आइतबार र्‍याली निकालेका हुन् ।

कलेजबाट सुरु भएको र्‍याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दूधपाटीमा रहेको भञ्ज्याङ पोखरीमा पुगेको थियो । सहभागीहरूले पोखरी सरसरफाइ गरेका थिए ।

पाेखरीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्काे टोली पनि सरसफाइमा जुटेकाे थियाे । कार्यक्रममा भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष  योगेन्द्रमान बिझुक्छे र वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वलगायतका व्यक्तिहरू सहभागी भएका थिए ।

भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भइसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनःनिर्माणको पर्खाइमा रहेको उनले बताए ।

प्रतिक्रिया