फाेहाेर व्यवस्थापनकाे समस्या समाधान गर्न वृत्तचित्र !


काठमाडाैं – काठमाडाैं महानगरपालिकामा फाेहाेर व्यवस्थापनकाे समस्या समाधान गर्न जनचेतनामूलक वृत्तचित्र बनाइने भएकाे छ। सिसडाेल र बन्चरे डाँडामा हुँदै आएको फाेहाेर विसर्जन नियन्त्रण हुने अपेक्षासहित वृत्तचित्र निर्माण गर्न लागिएकाे हाे ।

मह सञ्चारमार्फत निर्माणकाे तयारी गरिएकाे वृत्तचित्रका लागि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । काठमाडाैंमा लामाे समयदेखि फाेहाेर विकराल समस्या बन्दै आएको छ ।

विभिन्न वाहान देखाएर लामाे समयसम्म जथाभावी फ्याकिएकाे फाेहाेर व्यवस्थापन हुन नसक्दा काठमाडाैं कुरुप मात्र बनेकाे छैन, त्यसबाट फैलने दुर्गन्धले सासै फेर्नसम्म कठिनाइ छ । साथै घरघरबाट निस्कने फाेहाेरसमेत लामाे समयसम्म नउठाउँदा महामारी फैलने खतरा बढेकाे छ ।

प्रतिक्रिया