
हेलिकप्टरमा पनि दुई जना पाइलट अनिवार्य
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ ।
यो नियम १७ असार (१ जुलाई) देखि लागू हुने गरी निर्णय भएको बताईएको छ । नेपालमा अहिले हवाईजहाज र एमआई १७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो ।
अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।



कागजपत्र |
